Thaha

Sunday 22 September - 7:52 am NST

सामुदायिक पाठ्यपुस्तक निजी छापाखानालाई  छाप्न दिनुपर्ने माग


काठमाडौं, २४ माघ । नेपाल मुद्रण उद्योग महासंघले सामुदायिक पाठ्यपुस्तक छाप्न निजी छापाखानालाई अनुमति दिन माग गरेको छ । आज काठमाडौंको मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन गरी महासंघले जनकशिक्षाले मात्र समयमै सबै पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भन्दै निजी प्रेसलाई समेत अधिकार दिन माग गरेको हो । पाठ्यक्रम विकास केन्द्रले अहिले पठ्यपुस्तक छपाइका लागि सरकारको मातहतमा रहेको जनकशिक्षा सामग्री केन्द्रलाई मात्रै दिने गरेको छ । केही समय अघि संसदीयले समितिले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक छपाइ तथा विक्रि वितरणको लागि निजी प्रेसलाई पनि दिन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, निजी प्रेसलाई अहिलेसम्म कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक मात्रै छपाई तथा विक्रि वितरण गर्ने अनुमति दिइएकोप्रति महासंघको गम्भीर आपत्ति छ ।